भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय संकेत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै राख्न आग्रह गरेको छ । आयोगले नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको स्पष्ट पार्दै सरकारी कामकाजको भाषा देवनागरिक नेपाली भाषामा नै हुने व्यवस्था भएकाले सवारी साधनको नम्बर प्लेट अंग्रेजी भाषामा हुने व्यवस्थाप्रति गम्भीर सरोकार राखेको हो ।
आयोगले संविधानले नचिनेको भाषा र लिपीमा नभई नेपाली भाषामा नै इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसलाको समेत स्मरण गराएको छ ।
सर्वोच्च अदालतले २०८१ असार ९ मा गरेको नेपाली भाषाको वर्णविन्याससम्बन्धी फैसलामा नेपालको संविधानको धारा ७ को उपधारा ३ ले भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ भनी स्पष्ट गरेको पाइन्छ भन्ने प्रावधान बमोजिम सबै तहका सरकारलाई सोही बमोजिम गर्न तथा गराउन स्पष्ट व्याख्या भएको छ ।
आयोगका अध्यक्ष डा. गोपाल ठाकुरका अनुसार भाषा आयोगले आफ्नो संवैधानिक दायित्व बोध गर्दै देवनागरी लिपीमा विद्युतीय संकेत संख्या राख्न गत भदौ १ को निर्णयानुसार सरकारको ध्यानाकर्षण गराइएको छ ।
✏️ टिप्पणी लेख्नुहोस्