Connect with us

राजनीति

संविधानले तोकेभन्दा छरितो मन्त्रिपरिषद् बनाउने प्रयासमा रास्वपा

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ मन्त्रिपरिषद गठनको गृहकार्य थालेको छ । रास्वपाका चार नेताहरु रवि लामिछाने, बालेन्द्र साह, डिपी अर्याल र स्वर्णिम वाग्लेबीच हिजो अपरान्ह कमलादीको होटल रोयल सिङ्गेमा भएको छलफलमा सरकार गठनकोगृह कार्यमा छलफल भएको थियो । त्यसक्रममा १८ सदस्यीय मन्त्रिपरिषद् गठन गने छलफल भएको रास्वपाका नेताहरुले बताएका छन् ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले शीर्ष चार नेताहरुको बैठकमा १८ सदस्यीय मन्त्रिपरिषद गठन गर्ने प्रयास भइरहेको जानकारी दिएका छन् । ‘हामीले सकेसम्म कम सदस्यीय मन्त्रिपरिषद् गठनको प्रयास गरिरहेका छौं । सकेसम्म १८ वरिपरि गर्ने गृहकार्य भइरहेको छ,’ उनको भनाइ छ ।

बुर्लाकोटीका भनाइमा केही मन्त्रालय गाभ्ने कि मन्त्रीहरुलाई दोहोरो जिम्मेवारी दिने भन्ने विषयमा छलफल चलिरहेको छ । ‘मन्त्रालयको संख्या र मन्त्री बन्नेहरुको नामावली टुंगो लागिसकेको छैन । तर हामी सकेसम्म १८ वा त्योभन्दा कम गर्ने गरी छलफलमा छौं,’ उनी भन्छन् ।

महामन्त्री बुर्लाकोटीका अनुसार रास्वपा बरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नेछन् । प्रधानमन्त्रीको शपथ ग्रहणकै समयमा अन्य मन्त्रीहरुले पनि शपथ ग्रहण गर्ने तयारी भइरहेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.