Connect with us

अर्थ

ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला

Published

on

ङादी ग्रुप पावरले पुस २३ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ । 

यसमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । यस हकप्रदमा बिक्री सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौं र सिद्धार्थ बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । 

यस हकप्रद सेयरका लागि यसले मंसिर १८ गते बुक क्लोज गरेको हो । तसर्थ, मंसिर १७ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर दाबी गर्न पाउनेछन् । यो हकप्रद सेयरमा लगानीकर्ताले माघ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । 

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि  चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम आयोजनाको मर्मत सम्भार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्नेछ ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.