Connect with us

समसामयिक

संखुवासभा घर भाडामा लिएर भरुवा बन्दुकको कारखाना, एक पक्राउ

Published

on

घर भाडामा लिएर भरुवा बन्दुक बनाउने कारखाना सञ्चालन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले शनिबार मकालु नगरपालिका-५ का २९ वर्षीय हेमराज विश्वकर्मालाई पक्राउ गरेको हो।

संखुवासभा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार विश्वकर्मालाई खाँदबारी नगरपालिका-१ पाठकधाराबाट पक्राउ गरिएको हो।

लामिछानेका अनुसार विश्वकर्मा मकालु नगरपालिका-५ खोत्ताकस्थित एक घरमा भाडामा बस्दै आएका थिए।

‘सो घरमा उनले हातहतियार बनाउने गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय देहाङ्नाको टोली कोठा खानतलासी गर्न पुगेको थियो,’ प्रहरी निरीक्षक लामिछानेले भने, ‘प्रहरी टोली पुग्दा उनी कोठामा थिएनन्, प्रहरीले भागेको अवस्थामा पाठकधाराबाट पक्राउ गरेको हो।’   

प्रहरीले विश्वकर्माको कोठाबाट लोड भएको भरुवा बन्दुक एक थान बरामद गरेको छ। यस्तै, कोठाबाट भरुवा बन्दुकको नाल दुई थान बरामद गरिएको लामिछानेले बताए। विश्वकर्माको कोठाबाट प्रहरीले भरुवा बन्दुकमा प्रयोग हुने गोली, बारुदलगायत बरामद गरेको छ।

यसैगरी, सोडाजस्तो देखिने पदार्थ दुई किलो, भरुवा बन्दुकमा लाग्ने घोडीजस्तो फलामको टुक्रा चार थान, बरुवा बन्दुकको साइडमा लाग्ने घोडीजस्तो फलामको टुक्रा एक थान, छर्राजस्तो देखिने सिसाको टुक्रा २५ थान बरामद गरिएको लामिछानेले बताए।  

यस्तै, भरुवा बन्दुकमा प्रयोग हुने ब्यारिङजस्तो पदार्थ ११७ थान, केप एक बट्टा, बारुद १०० ग्राम र सुवागजस्तो देखिने पदार्थ २०० ग्राम बरामद भएको लामिछानेले बताए।

विश्वकर्माविरूद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम हात हतियार तथा खरखजना मुद्दामा पाँच दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.