Connect with us

समसामयिक

साउदीमा मृत्यु भएका लहेरीको परिवारलाई १० लाख सहयोग

Published

on

बैदेशिक रोजगारीमा गएको बेला साउदी अरबमा मृत्यु भएका रौतहटको मध्यभाग गरुडा नगरपालिका ६ का स्वर्गीय मिस्टर लेहेरिको परिवार लाई १० लाख रुपैयाँ सहयोग भएको छ।

गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले मृतक लहेरीको श्रीमती हिरजा खातुनलाई वैदेशिक रोजगार बोर्डबाट प्राप्त भएको  १० लाख रुपैयाँको सहयोग रकम चेक हस्तान्तरण गरेका हुन्।

श्रम स्वीकृतिको म्याद सकेर एक वर्ष भित्र मृत्यु भएका लहेरीको क्षतिपूर्ति रकम पाउने ब्यवस्था अनुसार उनको परिवारले मात्र १० लाख रुपैयाँ पाएको मेयर जैसवालले बताएका छन्।

बीमाको म्याद नसकेको भए बैदेशिक रोजगार बोर्डबाट थप रु १४ लाख गरी कुल २४ लाख रुपैयाँ पाउन नसकिने व्यवस्था रहेको जनाईएको छ।

लहेरीको परिवारलाई गरुडा नगरपालिकाबाट आवश्यक सहयोग गरिने मेयर जैसवालले प्रतिबद्धता व्यक्त गरेका छन्। बैदेशिक रोजगारीमा गएका लहेरीको साउदी अरेबियामा  २०८१ साल पुस २२ मा मृत्यु भएको पीडित परिवारले जनाएको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.