Connect with us

विशेष रिपोर्ट

विद्यालयको निर्माणाधीन खेलमैदान भत्कियो

Published

on

जिल्लाको नरहरिनाथ गाउँपालिका(३ मा रहेको रमा माध्यमिक विद्यालयको निर्माणाधीन खेलमैदान भत्किएको छ । गत साताको वर्षासँगै आएको पहिरोका कारण निर्माणाधीन खेलमैदान भत्किएको हो ।

कर्णाली प्रदेश सरकार र नरहरिनाथ गााउँपालिकाको संयुक्त लागतमा दुई वर्षदेखि निर्माण भइरहेको खेलमैदान पहिरोका कारण भत्किएको विद्यालयका प्रधानाध्यापक तपेन्द्र महताराले बताए। “विसं २०७७ मा गएको पहिरोले विद्यालय जोखिममा परेको थियो । खेलमैदान आवश्यक पूर्वाधार भएकाले रु ७० लाखको लागतमा खेलमैदान निर्माण भइरहेको थियो । मङ्गलबार वर्षासँगै आएको पहिरोले मैदान भत्किएको हो”, उहाँले भने।

विद्यालय भवनसहित अन्य संरचना पहिरोको जोखिममा परेपछि भू तथा जलाधार संरक्षण कार्यालयको सहयोगमा दुई वर्षअघि ग्याबिन जाली हालेर पर्खाल लगाइएको प्रधानाध्यापक महताराले जानकारी दिए । “सोही पर्खालको माथि खेलमैदान बनाइएको थियो । उक्त मैदान वर्षाका कारणले भत्किएको छ”, उहाँले भने ।

निर्माण सम्पन्न हुने बेला वर्षाले खेलमैदान भत्किएर विद्यालय भवन पनि जोखिममा परेको प्रधानाध्यापक महताराले बताए । उहाँका अनुसार खेलमैदानको ९० प्रतिशत काम भइसकेको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.