Connect with us

राजनीति

बागमती प्रदेशको खेलकुद परिषदमा थप ६ जना नियुक्त

Published

on

बागमती प्रदेश खेलकुद विकास परिषद्को रिक्त ६ सदस्य नियुक्त भएका छन् । गत मंगलबारको मन्त्रीस्तरिय निर्णयअनुसार परिषदका रिक्त पदमा ६ जना सदस्य नियुक्त गरिएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले खेलकुद संघ संस्थाबाट भागबन्डा अनुसार एमाले कोटाबाट दोलखाकी अन्जना शिवाकोटीलाई, खेल विज्ञका रुपमा ललितपुरकी दिपा क्षेत्री र अपांगता कोटामा काभ्रेका गोविन्दलाल श्रेष्ठ तथा कांग्रेस कोटाबाट खेलकुद संघ संस्थाबाट मकवानपुरका अमृत लुङ्वा, खेल विज्ञबाट सविन भट्चार्य र सिन्धुपाल्चोकका राजन धिताललाई नियुक्त गरेकी हुन् ।

यसअघि गत १० मंसिरमा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट चारजना सदस्य नियुक्त भएका थिए । जसअनुसार रवि महर्जन, कल्पना खड्का, नविना खनियाँ र सविन श्रेष्ठ नियुक्त गरिएको थियो ।

तर, नियुक्त भएको ४५ दिनसम्म उनीहरुको सपथ हुन नसके पनि अब सपथ हुन सक्ने जनाइएको छ ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.