Connect with us

अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका राष्ट्रपति पक्राउ, बयान दिन इन्कार

Published

on

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल पक्राउ परेका छन्  । गत महिना अचानक ‘मार्शल ल’ लगाएर महाअभियोग भोगिरहेका युन सुक पक्राउ परेका हुन् । 

भ्रष्टचार सबन्धी बिषयमा सोधपुछको लागि पक्राउ गरिएको भ्रष्टाचार विरोधी एजेन्सीले जनाएको छ । ‘युनलाई बुधवार बिहान सोधपुछको लागि पक्राउ गरिएको छ, त्यसपछि उनलाइ अनुसन्धानकर्ताहरूले मोटरमा लिएर गएका थिए,’ उनले भने । दक्षिण कोरियामा राष्ट्रपति विरुद्ध पहिलो पटक यस्तो कारबाही गरिएको जनाइएको छ ।

युनलाई उनको छोटो अवधिको मार्शल ल घोषणासँग सम्बन्धित धेरै आपराधिक अनुसन्धानहरूमा सोधपुछको लागि लगिएको हो । ती आरोप प्रमाणित भएमा आजीवन कारावास वा मृत्युदण्डको सजाय हुन सक्ने छ । बुधवार दिउँसोसम्म यूनले अन्वेषकहरूको प्रश्न वा टिप्पणीको जवाफ दिन अस्वीकार गरिरहेका छन् । 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.