Connect with us

अन्तर्राष्ट्रिय

‘मार्शल ल’ लगाउने दक्षिण कोरियाका राष्ट्रपति विरुद्ध महाअभियोग दर्ता

Published

on

दक्षिण कोरियाका विपक्षी दलहरूले राष्ट्रपतिलाई महाभियोग लगाउने विधेयक पेस गरेका छन् । दक्षिण कोरियाली संसदमा रहेका ६ वटा विपक्षी दलहरूले राष्ट्रपति युन सुक योललाई महाभियोग लगाउन माग गर्दै विधेयक दर्ता गरेका हुन् । 

योनहाप समाचार एजेन्सीका अनुसार उक्त विधेयक स्थानिय समय अनुसार दिउँसो २ः४० बजे देशको व्यवस्थापिका राष्ट्रिय सभामा पेस गरिएको छ । मुख्य विपक्षी डेमोक्र्याटिक पार्टी लगायत ६ वटा पार्टीहरूले युनको अल्पकालीन मार्शल ल डिक्रीलाई लिएर राजनीतिक तहमा व्यापक आलोचना भएपछि संयुक्त रूपमा महाभियोग प्रस्ताव प्रस्ताव गर्ने निर्णय गरेका हुन ।

योनहापका अनुसार शुक्रबार वा शनिबार मतदान हुने गरी बिहीबार नेशनल एसेम्बलीको पूर्ण सत्रमा यो विधेयक पेश गर्ने अपेक्षा गरिएको छ। दक्षिण कोरियाको संविधान अन्तर्गत संसदको बहुमत सदस्यले महाभियोग प्रस्ताव गर्न सक्नेछन । र, सबै सांसदहरूको दुई तिहाईले सो महाअभियोगलाइ अनुमोदन गर्नुपर्ने हुन्छ ।

त्यसपछि यो प्रस्ताव सर्वोच्च अदालतसँगै दक्षिण कोरियाको सर्वोच्च अदालत मध्येको एक संवैधानिक अदालतमा जानेछ। कम्तिमा ६ जना न्यायाधीशले संविधान अनुसार महाभियोग अघि बढाउन सहमत हुनु पर्ने कानुनी ब्यवस्था रहेको छ । र, संविधान बमोजिम महाभियोगको फैसला नभएसम्म राष्ट्रपतिलाई सो प्रक्रिया कायम रहुञ्जेल आफ्नो शक्ति प्रयोग गर्नबाट निलम्बन गरिने छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.