Connect with us

समसामयिक

अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान

Published

on

 श्रीलंकामा प्रतिकूल मौसमका कारण १७ जनाको मृत्यु भएको छ ।

दक्षिण पश्चिम बंगालको खाडीबाट  उत्पन्न ‘चक्रवात फेंगल’ बाट श्रीलंकामा हालसम्म १७ जनाको ज्यान लिइसकेको छ ।

सो बिपदमा परी हालसम्म ३० जना घाइते भएको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले जनाएको छ। उसका अनुसार देशमा विद्यमान प्रतिकूल मौसमका कारण १ लाख ४२ हजार ६२४ परिवारका ४ लाख ७९ हजार ८७१ व्यक्ति प्रभावित हुन पुगेका छन् ।

यसबीचमा १ सय ३ घर पूर्णरुपमा र २ हजार ६ सय ३५ घरमा आंशिक क्षति पुगेको डीएमसीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देखाएको छ । 

अत्यधिक मौसमी अवस्थाबाट प्रभावित ८ हजार ४ सय ७० परिवारका कुल २७ हजार ५१७ व्यक्तिहरू हाल राहत केन्द्रहरूमा रहेको डीएमसीले जनाएको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.