Connect with us

अर्थ

श्रीजनशील लघुवित्तको माघ २७ गते एजीएम साधारण सभा बस्दै

Published

on

श्रीजनशील लघुवित्तको माघ २७ गते वार्षिक साधारण सभा बस्ने भएको छ । लघुवित्तले लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । जसअनुसार यसपटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ । 

सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । 

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा प्रयोजनको लागि कम्पनीले माघ १८ गते बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, माघ १७ गतेसम्म कायम सेयरधनीमात्र कम्पनीको सभामा भाग लिन पाउनेछन् । 
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.