सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज जारी पहिलो खेलमा सुदुरपश्चिमले लुम्बिनीलाइ फराकिलो लक्ष्य दिएको हो ।
त्रिभुवन विश्वबिधालय, क्रिकेछ मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाउन सफल भएको थियो ।
सुदूरपश्चिमका सैफ अली जैबले सर्वाधिक ९० रन बनाए भने उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए । उता, विनोद भन्डारीले १७, ब्रान्डन म्याकमुलेन २३ र कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाएका छन् ।
बलिङमा रहेका रामोन सिमण्ड्सले २, कप्तान रोहित पौडेल र विवेक यादवले एकएक विकेट लिए।