Connect with us

समसामयिक

एनपीएलः सुदूरपश्चिमको निरन्तर तेस्रो जित, लुम्बिनीको निरन्तर तेस्रो हार

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले निरन्तर तेस्रो हार ब्यहोरेको छ । सुरुआती दुई खेल गुमाएको लुम्बिनी तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको छ । यता सुदूरपश्चिम रोयल्सले एनपिएलमा निरन्तर तेस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको थियो । तर, निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि विवेक यादवले ७७ रन बनाए पनि टिमलाई विजयी गराउन सकेनन् ।

विवेकले ५१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन जोड्दा लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान रोहित पौडेल ५, उन्मुक्त चन्द ४, सूर्य तामाङ ७, टम मुर्स ७ रनमा आउट भएका थिए।

त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएका थियो । सुदुरपश्चिमका सैफ अली जैबले सर्वाधिक ९० रन बनाए । उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । विनोद भन्डारीले १७, ब्रान्डन म्याकमुलेन २३ र कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाएका थिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.