Connect with us

अन्तर्राष्ट्रिय

सिरियाको नयाँ सरकारद्धारा असदप्रति वफादार ३०० भन्दा बढी गिरफ्तार

Published

on

सिरियाका नयाँ सरकारले पूर्व राष्ट्रपति बसर अल असदका ३ सय भन्दा बढी वफादारहरूलाइ गिरफ्तार गरेको छ ।

जसमा असद शासनकालका सूचनादाता, शासन समर्थक लडाकू र पूर्व सैनिकहरू सहित करिब ३०० जनालाई गिरफ्तार गरिएको एक अनुगमन संस्थाले जनाएको छ ।

हयात तहरीर अल शाम (एचटीएस) समूहको नेतृत्वमा विद्रोहीहरूले तीन हप्ता अघि असदलाई पराजित गरेका थिए । असद परिवारको ५ दशकभन्दा बढीको पारिवारिक शासनको अन्त्य गरेपछि सिरियाका नयाँ अधिकारीहरूले नियन्त्रणलाई सुदृढ पार्ने प्रयासलाई तीब्र बनाउने क्रममा उनका बफादारहरूलाइ पक्राउ गरेको अरब मुलका मिडियाहरूले जनाएका छन् ।

नयाँ प्रशासनका सुरक्षा बलहरूले बिहीबारबाट असदका मिलिशिया विरुद्ध ठूलो मात्रामा कारबाही सुरु गरेका थिए ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वारका प्रमुख रामी अब्देल रहमानले भने, ‘एक साताभन्दा कम अवधिमा दमास्कस र यसका उपनगरका साथै होम्स, हामा, टार्टस, लाटाकिया र देइर एजोरमा पनि झण्डै ३०० व्यक्तिलाई हिरासतमा लिइएको छ।’

उता, आधिकारिक सिरियाली समाचार एजेन्सी सानाले पनि यस हप्ता हामा र लाटाकिया प्रान्तहरूमा असाद मिलिशिया सदस्यलाई लक्षित गरी गिरफ्तारी गरिएको जनाएको थियो, जहाँ हतियार र गोला बारुद बरामद गरिएको उल्लेख छ तर त्यसबारेमा कुनै तथ्यांक भने सार्वजनिक गरेको थिएन ।

अब्देल रहमानले भने, ‘अब्जरभेटरीका अनुसार गिरफ्तार गरिएकामध्ये पूर्व शासनका सूचनादाता, इरानी समर्थक लडाकु र तल्लो तहका सैन्य अधिकारीहरू हत्या र यातनाको आरोपितहरू बढी मात्रामा छन्।’

अब्देल रहमानले भने कि ‘गिरफ्तारी अभियान जारी छ तर कुनै प्रमुख व्यक्तिलाई पक्राउ गरिएको छैन् ।’ उनका अनुसार जनरल मोहम्मद कान्जो हसन, असद अन्तर्गत सैन्य न्यायका पूर्व प्रमुख, जसले सयदनाया जेलमा संक्षिप्त परीक्षण पछि हजारौं मृत्युदण्डको सजाय दिएकाहरू बाहेक उच्च तहका कुनै अधिकारीको नाम आएको छैन ।  

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.