Connect with us

अन्तर्राष्ट्रिय

तालिबानको घोषणा, ‘दुइ अमेरिकी रिहा गर्दैछाैं’

Published

on

अफगानिस्तानको तालिबान सरकारले अमेरिकासँगको बन्दी आदानप्रदान सम्झौतामा थुनिएका अमेरिकीहरूलाई रिहा गर्ने घोषणा गरेको छ ।

काबुलमा रहेको तालिबान विदेश मन्त्रालयले अमेरिकी नागरिकको नाम वा कति जनालाई रिहा गरिएको बताएको छैन तर दुई दशकअघि पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा गिरफ्तार गरिएका र क्यालिफोर्नियामा आजीवन कारावासको सजाय भोगिरहेका खान मोहम्मदको लागि साटासाट गरिएको बताएको छ।

अफगानिस्तानको इस्लामिक इमिरेट्स र संयुक्त राज्य अमेरिकाबीचको व्यापक र फलदायी वार्तापछि अमेरिकी नागरिकको रिहाइको बदलामा अफगान मुजाहिद खान मोहम्मदलाई अमेरिकी जेलबाट रिहा गर्न सहजीकरण गर्ने सम्झौता भएको थियो। 

यो जानकारी अफगानिस्तानको बिदेश मन्त्रालयले मंगलबार एक्समार्फत जानकारी दिएको हो ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.