Connect with us

राजनीति

तराई मधेशका आयोजना सरकारको पहिलो प्राथमिकतामा : प्रधानमन्त्री

Published

on

प्रधानमन्त्री केपी ओलीले तराई मधेशका आयाेजना सधै‌ सरकारकाे पहिलाे प्राथमिकतामा परेकाे बताएका छन् । प्रतिनिधिसभाकाे आइतबारकाे सांसदहरुसँगकाे प्रश्नाेत्तरमा दाेस्राे प्रश्नकाे जवाफ दिँदै तराई मधेशका आयाेजनालाई पहिलाे प्राथमिकतामा राखिएकाे बताएका हुन् ।

प्रधानमन्त्रीले तराई मधेशसँग सम्बन्धित आयाेजनाकाे प्रगति विवरण पनि प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीकाे जवाफ 

तराई मधेशमा रहेका एवं त्यहाँका नागरिक लाभान्वित हुने आयोजनाहरूलाई सरकारले सधैँ प्राथमिकतामा राखेको छ। यी आयोजनाहरूले तराई मधेश क्षेत्र मात्र नभएर समग्र देशको आर्थिक एवं सामाजिक विकासमा योगदान पुर्याउने भएकोले देशकै राष्ट्रिय गौरवका आयोजनाहरू हुन्। स्रोह्रौँ योजनामा यी आयोजनालाई प्राथमिकताका साथ समावेश गरिएको छ। आवधिक योजनाको लक्ष्यअनुरुप हरेक वर्ष नीति तथा कार्यक्रम एवं बजेटमा पनि यस्ता आयोजनामा उल्लेखनीय बजेट विनियोजन गरी आयोजना कार्यान्वयनमा संलग्न निकायहरूलाई क्रियाशिल बनाइएको छ। 

जयनगर जनकपुर कुर्था विजयपुरा ५२ किलोमिटर रेलवेको निर्माणकार्य सम्पन्न भई यात्रुबाहक रेलसेवा दैनिक सञ्चालन भएको छ। जयनगर जनकपुर हरेक दिन ३ पटक र जनकपुर(विजयपुरा दिनको १ पटक आउने(जाने गरी रेल सेवा दिइएको छ। थप विजयपुरा(बर्दिबास सम्मको १७ किलोमिटर खण्डमा भारतीय सरकारको सहयोगमा छिट्टै निर्माण प्रक्रिया अघि बढ्दैछ।  

काठमाण्डौं(तराई मधेश द्रुत मार्गलाई शीघ्रताका साथ सम्पन्न गर्न नेपाली सेनालाई यसको जिम्मेवारी तोकिएको छ। यस आयोजना लाई छिटो सम्पन्न गर्ने सम्बन्धमा सम्बद्ध निकायका उच्च पदाधिकारीहरूसँग पटक पटक छलफल गरी तीव्रताका साथ कार्यान्वयन गरेको छु। यस आयोजनाको हालको भौतिक प्रगति ३७.६ प्रतिशत रहेको छ।  

सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ्गको निर्माण सम्पन्न भई हाल हेडवर्क्स र पावरहाउस लगायतका संरचना निर्माणको काम अघि बढेको छ। हाल यसको भौतिक प्रगति ३५.१८ प्रतिशत रहेको छ। निजगढ अन्तर्राष्ट्रिय बिमानस्थलले ठूलो लगानीको माग गर्दछ। त्यस योजनाको लगानीको व्यवस्थापन गरी निर्माणकार्य अगाडि बढाउन सरकार सकारात्मक छ।  

चुरेको भूबनोट, माटोको प्रकृति, जैविक विविधतामा ह्रास र छोटो समयमा सघन वर्षा आदि कारणले यो क्षेत्र अति संवेदनशील छ। चुरे क्षेत्र र तराई मधेशमा देखिएको पानीको समस्या समाधानका लागि शुरुवाती चरणबाटै राष्ट्रपति चुरे संरक्षण कार्यक्रम मार्फत पानीका स्रोतको संरक्षणका विभिन्न कार्यक्रहरू सञ्चालन हुँदै आइरहेका छन्।  हालसम्म ६ सय ५७ वटा भूमिगत जल पुनर्भरण, पोखरी निर्माण तथा संरक्षण, १ सय ५९ वटा तालतलैया तथा सिमसार व्यवस्थापन, १ सय ७६ वटा रेनवाटर, रनअफ हार्भेस्टिङ ठ्याम, ७६ वटा जल पुनर्भरण एवं संरक्षण पोखरी निर्माण, ५ सय ४८ वटा पानी मुहान संरक्षण तथा कुवा उत्खनन् लगायतका कार्य सम्पन्‍न गरिएको छ। चुरेको संरक्षण गरी वातावरण संरक्षण, खानेपानीको आपूर्ति व्यवस्थापन जस्ता जनतासँग प्रत्यक्ष सम्बन्धित रहेका विषयमा सरकारले उच्च प्राथमिकता दिएको छ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.