Connect with us

राजनीति

काठमाडौंको माइतीघरमा बृहत प्रदर्शन गर्ने तयारीमा शिक्षक

Published

on

नेपाल शिक्षक महासंघले आगामी फागुन २४ गते काठमाडौंको माइतीघरमा बृहत प्रदर्शन गर्ने भएको छ । संसद्मा विचाराधीन रहेको संघीय शिक्षा ऐनमा आफूहरुका विभिन्न मुद्दाहरु समेटिनुपर्ने मागसहित शिक्षकहरुले प्रदर्शन गर्न लागेका हुन् ।

अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, शिक्षकहरुलाई स्थानीय सरकार मातहत राख्न नहुनेलगायत उनीहरुको माग रहेको छ । बाल कक्षा शिक्षक (इसीडी), अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकनलगायत विषय शिक्षकहरुले अगाडि सारेका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले पनि ७७ वटै जिल्ला समिति र सात प्रदेशका समितिहरुलाई काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन सर्कुलर जारी गरेको छ । राहत शिक्षक केन्द्रीय समितिले काठमाडौं, भक्तपुर र ललितपुरका राहत शिक्षकहरुको उपस्थिति अनिवार्य गराएको छ । उक्त प्रदर्शनमा देशभरबाट ३६ हजारभन्दा बढी शिक्षकहरु काठमाडौं आउने तयारी रहेको महासंघले गरेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.