Connect with us

अन्तर्राष्ट्रिय

श्रीलंकाविरुद्धको टेस्ट सिरिजमा इङल्याण्डको लगातार दोस्रो जित

Published

on

इङल्याण्डले श्रीलंकाविरुद्धको टेस्ट सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो ।

खेलको चौथो दिन श्रीलंकाले दिएको २०५ रनको लक्ष्य इङल्याण्डले ५ विकेट गुमाएर पुरा गरेको थियो । 

यस टेस्टमा श्रीलंकाले पहिलो इनिंगमा २३६ रन बनएको थियो भने इङल्याण्डले पहिलो इनिंगमा ३५८ रन बनाएको थियो । त्यसपछि श्रीलंका आफ्नो दोस्रो इनिंगमा ३२६ एन बनाएर आलआउट भएपछि इङल्याण्डले २०५ रनको लक्ष्य पाएको थियो ।

यो जितपछि ३ खेलको सिरिज इङल्याण्डले २-० ले जितेको छ । अब सिरिजको अन्तिम खेल ओभलमा सेप्टेम्बर ६ देखि हुने छ ।
          


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.