थाई एअर एशियाले ब्यांकक(भैरहवा(ब्यांकक उडान शुरू गरेको छ।
आज हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको भाइटीकाका दिन कात्तिक १८ गते बिहान ६.५५ मै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भैरहवामा थाई एअरको विमान अवतरण भयो । विमानमा चालक दलका सात सदस्य थिए । विमान अवतरणको ४५ मिनेटपछि बिहान ७.४० बजे केही यात्रुहरु बोकेर ब्यांकक प्रस्थान गर्यो ।
परीक्षण उडानका लागि थाई एअरको एअरबस ए.३२० चालक दलका सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेको थियो । अब कात्तिक २३ गतेबाट थाई एअरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थबाट सातामा दुई पटक नियमित उडान भर्नेछ ।
आज तिहारको दिन बिहानै अवतरण भएको थाई एअरको विमानलाई भैरहवामा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र पर्यटन व्यवसायीले स्वागत गरेका थिए।
थाई एअरले केही दिनअघि मात्र भैरहवा र काठमाडौंमा पुनः उडान गर्न अनुमति पाएको थियो। त्यसलगत्तै उडान शुरू भएकाले टिकट बिक्रीलगायत बजार प्रवर्द्धनको काम भएको थिएन। भैरहवाबाट ब्यांककतर्फ एकतर्फी शुरुआती भाडादर १२ हजार रुपैयाँ रहेको छ। थाई एअर थाइल्यान्डको हवाइ सेवा हो।