रौतहटका सच्चा श्रमजीवी कलमकर्मी वरिष्ठ पत्रकार फणिदेव महतको निधन भएको छ। ब्रेन ट्युमरबाट लामो समयदेखि पीडित महतको उपचारका क्रममा निधन काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको हो।
महतले दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। पछिल्लो समय उनी अन्नपूर्ण पोस्टका रौतहट संवाददाता थिए भने चन्द्रनिगापुरबाट सञ्चालित रेडियो सुप्रिम र अनलाइन पोर्टल ुकलमपाटी डटकमु का सञ्चालक समेत थिए।
पत्रकार महतले प्रेस चौतारी नेपालको मधेश प्रदेश अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए। उनका २ सन्तान छन्। महतको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक निडर र सक्षम पत्रकार गुमाएको छ।
✏️ टिप्पणी लेख्नुहोस्