Connect with us

अर्थ

डलर स्थिर रहँदा यूराे घट्याे

Published

on

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

सोमबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ । सोमतबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८५ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । यसअघि आइतबार पनि यसको खरिदबिक्री सोही मूल्यमा भएको थियो ।

आज युरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ६२ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ २३ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ७९ पैसाले घटेको छ । यसअघि आइतबार यूरोको खरिददर १४१ रुपैयाँ ४० रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ०२  पैसामा कारोबार भएको थियो ।  

यसैगरी आज बेलायती पाउन्ड एकको खरिदमूल्य १६७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६८ रुपैयाँ २९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८४ रुपैयाँ ७५ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ १६ पैसा र बिक्रीमा ९५ रुपैयाँ ५८ पैसा रहेको छ । 

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७० पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७४ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ८० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ३० पैसा तथा बिक्री दर ९ रुपैयाँ ३५ पैसा कायम गरेको जनाइएको छ । 

उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५६ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३० रूपैयाँ ५२ पैसा र बिक्रीदर ३० रूपैयाँ ६६ पैसा कायम गरेको छ ।

यसैगरी, सोमबारको लागि कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.