Connect with us

अर्थ

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

Published

on

अख्तियार दुरपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध मुद्दा दर्ता गर्न अख्तियारले विशेष अदालतमा प्रतिवेदन पुर्याइसकेको छ ।

नेपाल टेलिकमको बिलिङ प्रणाली, मर्मत शुल्कलगायतमा भ्रष्टाचार भएको भन्दै अख्तियारले मुद्दा लगेको हो। अख्तियारका अनुसार उनीहरुविरुद्ध ३३ करोड बिगो दाबी गरिएको छ ।

अख्तियारले केही दिनअघि पूर्वमुख्यसचिव डा वैकुण्ठ अर्याल, दुई सहसचिवसहित करिब तीन दर्जन कर्मचारी, टेलिकम सञ्चालक समितिका पदाधिकारीलगायतसँग बयान लिएको थियो।

संगीता सर्वोच्च अदालतको पूर्वन्यायाधीश लक्ष्मण अर्यालकी छोरी र नेपाली सेनाका जर्नेल गौरव पहाडीका श्रीमती हुन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.