Connect with us

राजनीति

संघीय संसदको बिपक्षीले जुटाए सहमति, केही बेरमा पत्रकार सम्मेलन गर्दै

Published

on

संघीय संसदका विपक्षी दलहरूले सहमति जुटाएका छन् ।

नेकपा माओवादी केन्द्रका बर्षमान पुन र नेकपा एसका बेदुराम भुषालले तयार पारेको ड्राफ्ट फाइनल भए पछि पत्रकार सम्मेलनका आयोजना गर्दैछन् ।

पत्रकार सम्मेलन अहिले केही बेरमा ३ः०० बजे बानेश्वरस्थित संसद भवनमा सुरू हुदैँछ ।  

खासमा हिजो गर्ने भनिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित भए पछि सो पत्रकार सम्मेलन आज गर्न लागिएको हो ।

गत बुधवार बसेको बिपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै हिजो पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएका थिए । तर, अन्तिम समयमा स्थगित भए पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हिजो चितवन, माडी पुगेका थिए ।

अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै बिपक्षी ६ दलको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी गरेका थिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.