Connect with us

समसामयिक

नेपाल सिमा नजिकबाट जम्मु पुग्यो बाघ, छानबिन हुदैँ

Published

on

हालै मात्र उत्तराखण्डको एउटा बाघ जम्मुमा देखेको खबर बाहिर आएको छ । 

यो बाघ राजाजी राष्ट्रिय निकुञ्जको रहेको बताइएको छ, जो अहिले जम्मुको राजौरी क्षेत्रमा देखिएको छ । 

यो समाचारलाई लिएर अन्योलको अवस्था छ तर यसबारे राजाजी राष्ट्रिय निकुञ्जका निर्देशकले पनि प्रतिक्रिया दिएका छन् । निर्देशक कोको रोशोले राजौरीमा खिचेको यो तस्बिर शंकास्पद रहेको बताएका छन् । यद्दपी, छानबिन जारी रहेको उनले जनाए । 

यसअघि पनि उत्तराखण्डको एउटा बाघ ७ महिना लगाएर हिमाञ्चल पुगेको थियो । अब राजौरीमा देखिएको बाघ उत्तराखण्डको हो कि जम्मूको हो भन्ने प्रश्न उठेको छ । अहिले वन विभागले जम्मू कश्मीरको वन विभागबाट यसबारे जानकारी लिइरहेको जनाएको छ।

उत्तराखण्ड वन विभागका प्रमुख वन्यजन्तु संरक्षक रञ्जन कुमार मिश्रले यस विषयमा गहिरिएर अनुसन्धान भइरहेको जानकारी दिए । ‘यस सम्बन्धमा जम्मू कश्मीरको वन विभागबाट जानकारी लिइएको छ, जानकारी पाएपछि मात्र हामी पूर्ण निष्कर्षमा पुग्न सक्नेछौं,’ मिश्रले भने । नेपालको सिमा नजिक रहेको क्षेत्रवाट जम्मुमा बाघ पुगे पछि भारतका बन्यजन्तु बिज्ञहरूले थप अनुसन्धान गरिरहेका छन्  ।  

‘हाम्रो एउटा बाघ हिमाचलको पाओन्टा साहिबमा गएको र कहाँ हुदैँ गएको भन्ने विस्तृत जानकारी हामीले पाएका छैनौं, उनले भने । फोटोका आधारमा यो बाघ हाम्रो हो कि अर्कै राज्यको हो भन्ने निर्णय गर्न नसकिने उनले बताए ।

वन विभागका अधिकारीहरूले पनि जीवन र खानाको खोजीमा जनावरहरू टाढा टाढा जाने गरेको स्वीकार गरेका छन्। ‘यस्तो अवस्थामा हाम्रो राज्यको बाघ अर्को राज्यमा जाने सम्भावना छ,’ उनले भने ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.