Connect with us

समाज

आर्थिक अभावले प्रहरी जवानकै ८ बर्षिय बालकको उपचार प्रभावित

Published

on

आर्थिक अभावले नेपाल प्रहरीका जवान लाल बहादुर तामाङ्गका ८ वर्षिय छोरा पियूष तामाङ्गको उपचार प्रभावित भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका- १७ घर भएका तामाङ्गको छोरालाई बोन म्यारोले सताएको हो ।

बुधबार देश भर प्रहरी दिवस मनाउदै गर्दा सामान्य परिवारका सदस्य पियूषका बुवा लाल बहादुर नेपाल प्रहरीको सवारी चालक भने आफ्नु छोराको उपचाररत आर्थिक सहयोग गरिदिन सबैमा अनुरोध गर्दैछन् । प्रहरीको जागिरको आम्दानीले घर खर्च र बालबालिकाको पढाई धान्नमै ठिक्क हुने उनको परिवार बालकको उपचारमा लाग्ने ठुलो आर्थिक भार ब्यवस्थापन गर्न सक्ने अवस्था छैन । भने तामाङ्ग परिवारको बेच्नलाई जग्गा जमिन समेत छैन ।

हाल भरतको नयाँ दिल्ली स्थीत मारेंगो एशिया हॉस्पिटल्स, गुरुग्राममा उपचाररत रहेको भएतापनी परिवारको आर्थिक अवस्थाका कारण उपचार प्रभावित बनेको हो । स्थानिय विद्यालयको कक्षा २ मा अध्यायनरत बालक करिब ४ महिना अघि विरामी भई उपचारका लागि काठमाण्डौं लगिएको थियो । चिकित्सकहरुले निकै मेहनत गर्दा समेत रोग पत्ता नलागेपछी केही समय अघि दिल्ली लैजान सुझाएका थिए ।

दिल्लीमा उनको बोन म्यारोमा समस्या भएको पत्ता लागेको हो । हाल दैनिक ५० हजारबढी रकम खर्च भैरहेको बालकका मामा हर्क लामाले बताए । अहिले सम्म उनको उपचारमा १८ लाख रुपैंयाबढी खर्च भैसकेको र चिकित्सकको भनाई अनुसार बालकको जीवन रक्षाका लागि बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने हुन्छ ।

त्यसो गर्नसके बालक ठिक हुने ९० प्रतिशत सम्भावना रहेको उनीहरुको भनाई छ । त्यसका लागि अझै ८० लाख रुपैंया खर्च लाग्ने मामा हर्कले बताए । हाल सम्म भएको खर्च समेत ऋणधन गरेर गरेकाछौं । आर्थीक अवस्था दयनिय रहेको परिवारका सदस्य बालकको उपचार सहयोगार्थ गाउँमा चन्दा संकलन भैरहेको छ । हाल सम्म एकलाख ५२ हजार करिब संकलन भएको उनले बताए ।

तसर्थ मनकारीहरुबाट सहयोगको याचना गर्दछौं । तपाईहरुको सानो सहयोगले भविष्यको कर्णधार सानो बालकले नयाँ जीवन पाउने आशा छ, मेरो बहिनी ज्वाईले खुशीको संसार पाउने छन् । उनीहरुले आर्थिक जोहो गर्न ईच्छुक मनकारीहरुका लागि बालकका पिता लाल बहादुर तामाङ्गको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर १०५०१००००००१७१०४ वा फोन नम्बर ९८४१९४३४३४ मा सम्पर्क गरि सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.