Connect with us

राजनीति

कर्णाली प्रदेशमा कांग्रेसको भूमिकाप्रति एमाले असन्तुष्ट

Published

on

नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलले सत्ता साझेदार नेपाली कांग्रेसले गठबन्धन संस्कृति अनुरुप व्यवहार नगरेको निष्कर्श निकालेको छ ।

विहीबार प्रदेशसभास्थित दलको कार्यालयमा बसेको बैठकले कांग्रेसले सरकारका काम कारबाहीमा लगातार असहयोग गरेको र सयुंक्त सरकार सञ्चालनको संस्कृति अनुरुप भूमिका निर्वाह नगरेको निष्कर्श निकालेको हो ।

 कर्णाली प्रदेशमा एमालेका यामलाल कँडेल नेतृत्वको सरकारमा कांग्रेसले आर्थिक मामिला सहित चार मन्त्रालयले लिएको छ । दुई दलबीच सत्ता सहकार्य भएको एक वर्ष बितिसक्दासमेत कर्णालीमा यी दलबीच समधुर सम्बन्ध छैन् । कांग्रेस दलका नेता जीवनबहादुर शाहीले सार्वजनिक रुपमा सरकार छाड्ने धम्की दिने गरेको, सरकारका काममा लगातार असहयोग गर्ने गरेको एमालेको बुझाई छ ।

एमाले प्रमुख सचेतक टेकराज पछाईले कांग्रेसको भूमिकाबारे बैठकमा व्यापक छलफल भएको जानकारी दिए । ‘बैठकमा सत्ता सहकार्यको विषयमा गम्भीर समिक्षा भयो, कांग्रेसको जे भूमिका हुनुपथ्र्यो, त्यो भूमिका चाहिँ भएन भन्ने निष्कर्श रह्यो’ पछाईले भने।

कर्णाली प्रदेश सरकारको प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यले तयार गरेको संगठन तथा व्यवस्थापन प्रतिवेदन कार्यान्वयन हुन नदिने अभिव्यक्ति दिइरहेको, महत्वपूर्ण राजनीतिक नियुक्तिमा सहमति नदिएको, सरकारमा सहभागी मन्त्रीहरु नै सरकारको निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्ने गरेको, सामान्य विषयमा समेत कांग्रेस सांसदहरुले सदनका काम कारबाहीमा अवरोध पु¥याउने गरेको भन्दै एमाले असन्तुष्ट छ । एमाले सचेतक पछाईले कांग्रेस अहिले सरकारको सहयात्रीभन्दा पनि ‘प्रतिपक्ष’जस्तो देखिएको बताए । 

संसदीय दलको बैठकमा मुख्यमन्त्री तथा दलका नेता यामलाल कँडेल, पार्टीका कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहको समेत उपस्थिति थियो । ४० सदस्यीय प्रदेशसभामा एमालेका १० सांसद छन् ।
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.