Connect with us

राजनीति

यी हुन्, एकीकृत समाजवादीको पदाधिकारीका निर्वाचित नेता, हेर्नुहोस्, उनीहरुले ल्याएको मत

Published

on

रामकुमारी झाँक्रीभन्दा जयन्तीलाई लोकप्रिय, रामचन्द्र झालाई पछारे धर्मैनाथ साहले ।

एकीकृत समाजवादीले महाधिवेशनको डेढ महिनापछि निर्वाचनबाट पदाधिकारी चयन गरेको छ । जस अन्तर्गत खुल्ला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन् ।

महिला उपाध्यक्षमा जयन्ती राई र मधेसी उपाध्यक्षमा धर्मनाथप्रसाद शाह विजयी भएका छन् । एक जना उपाध्यक्ष महिलाका लागि जयन्ती राई र रामकुमारी झाँक्री प्रतिष्पर्धामा थिए । मधेशी समुदायबाट एक जना उपाध्यक्षका लागि धर्मनाथ प्रसाद साह र रामचन्द्र झा प्रतिष्पर्धामा थिए ।

खुला उपाध्यक्ष चार जनाका लागि ललितबहादुर बस्नेत, डा। गंगालाल तुलाधर, भानुभक्त जोशी, उर्वादत्त पन्त, साध्यबहादुर भण्डारी, प्रकाश ज्वाला, डा। विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, जगन्नाथ खतिवडा र बलराम बास्कोटा ११ जना प्रतिष्पर्धामा थिए ।

उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह विजयी भएका छन् । उपमहासचिव चार जनाका लागि लक्ष्मण केसी, रामचन्द्र यादव, रामकुमार भट्टराई, महेश रेग्मी, डा। देउमान सम्वाहाङ्फे, नागेन्द्र चौधरी, मेटमणि चौधरी, अम्बरबहादुर थापा, राजेन्द्र राई, लक्ष्मण पौडेल, शत्रुधन महतो, गरिमा शाह, हरिप्रसाद पराजुली, श्रीप्रसाद साह, जीवनराम श्रेष्ठ, मीना ज्ञवाली, भविसोर पराजुली, गोमा विष्ट र भवानी खड्का गरी १९ जना प्रतिष्पर्धामा थिए।

सचिवमा गणेश विश्वकर्मा, बलदेब चौधरी, श्रीनाथ बराल, सावित्रा भुषाल, शेरबहादुर कुंवर, सोमप्रसाद पाण्डेय र चन्द्रबहादुरशाही विजयी भएका छन् । दलित समुदायबाट एक जना सचिवको लागि गणेश विश्वकर्मा, निरादेवी जैरु र कृष्णबहादुर नेपाली तीन जना प्रतिष्पर्धामा थिए ।

सचिव आदिवासी जनजाति समुदायबाट एक जनाका लागि तीन जनाको प्रतिष्पर्धामा थिए । बलदेव चौधरी, राजन राई र टोकबहादुर वाइवा प्रतिष्पर्धामा थिए ।

सचिव खुलाबाट पाँच जनाका लागि श्रीनाथ बराल, प्रेमलकुमार खनाल, कृष्णप्रसाद खनाल, घनप्रसाद गौतम, धर्मराज पौडेल, डा। वंशीधर मिश्र, धर्मराज निरौला, शेरबहादुर कुँवर, डा। राजेन्द्रमान श्रेष्ठ, दामोदर अर्याल, शिवबहादुर भण्डारी, चन्द्रबहादुर शाही, रामेश्वर श्रेष्ठ, सोमप्रसाद पाण्डेय, भाष्कर काफ्ले, सावित्रा भुसाल, दिलु पन्त, नरेश शाही, दीर्घ सोडारी, केशव विष्ट, शेरबहादुर केसी, धनराज आचार्य, रत्नेश्वर गोइत यादव, हस्तबहादुर शाही, गुरुप्रसाद बुर्लाकोटी र विदुर सापकोटा गरी २६ जना प्रतिष्पर्धामा थिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Copyright © 2024 Nepal Muhar. powered by Nepal Muhar.