Connect with us

अर्थ

यी हुन् नेपाल प्रिमियर लिगमा उच्च मूल्यमा बिक्री भएका खेलाडी

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन सम्पन्न भएको छ । आइतबार भएको अक्सनमा एनपीएलका आठ फ्रेन्चाइजीले मार्की खेलाडीसहित ११-११ खेलाडी किनेका छन् ।

अक्सनमा १२ खेलाडीलाई सर्वाधिक १५ लाखको बोली लागेको छ । जसमा राष्ट्रिय टिमका खेलाडी अनिल कुमार शाहका लागि सबै आठ फ्रेन्चाइजीले बोली लगाएका थिए ।

त्यस्तै विराटनगर किंग्सले लोकेस बम र प्रतिस जिसीका लागि १५ लाख खर्च गरको छ भने जनकपुर बोल्ट्सले ललित राजबंशी र अनिल कुमार शाहका लागि १५ लाख खर्च गरेको छ ।

त्यसैगरी कर्णाली याक्सले गुलशन झाका लागि काठमाडौँ गुर्खाजले शहाब आलम र भीम सार्कीका लागि लुम्बिनी लाइन्सले सुर्य तामाङ, बिबेक यादव र सन्दीप जोराका लागि १५-१५ लाख खर्च गरको छ ।

त्यसैगरी पोखरा अभेन्जर्सले सागर ढकालका लागि सुदूरपश्चिमले आरिफ सेखका लागि उच्च मुल्य १५ लाख खर्च गरेका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.