Connect with us

पत्रिका

ड्रोनबाट यस्तो देखियो कैलालीको टीकापुर र बर्दियाको राजापुरलाई जोड्ने सत्तीघाट पुल (तस्बिरसहित)

Published

on

कर्णाली नदीमा बनेको सत्तीघाट पुलले कैलालीको टीकापुर र बर्दियाको राजापुरलाई जोड्छ। हुलाकी राजमार्गमा पर्ने यो पुल ५३१ मिटर लामो छ र यसमा १४ वटा पिलर रहेका छन्।

झण्डै एक दशकअघि ४६ करोड रुपियाँ लागतमा बनेको यस पुलले कैलाली र बर्दियाका दक्षिणी भेगका लाखौँ नागरिकको आवागमन सहज बनाएको छ। तर पछिल्ला केही वर्षयता नदीले पूर्वी क्षेत्रमा तीव्र कटान गर्न थालेपछि पुल जोखिममा परेको छ। कटान रोक्न ठूला ढुंगाबाट तटबन्ध निर्माण गरिएको भए पनि जोखिम पूर्ण रूपमा हट्न सकेको छैन।

स्थानीयका अनुसार पुल बनेको एक वर्षमै तारजाली भासिन सुरु भएको थियो। पुल निर्माणका क्रममा बनाइएको डाइभर्सनकै कारण नदीले धार परिवर्तन गर्न थालेको जानकारहरू बताउँछन्।

स्थानीयले पुलको संरक्षणका लागि उत्तरतर्फ नदीको बीचमा रहेका बालुवाका साना टापु हटाउनुपर्ने माग गर्दै आएका छन्। “नदीमा पानीको बहाव बढ्नासाथ पुल बगाउने हो कि भन्ने डर लाग्छ,” राजापुरका व्यापारी कमल पाण्डे भन्छन्।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.