Connect with us

अर्थ

यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

Published

on

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम गरिएको छ ।  

आज यूरोपियन युरो एकको खरिदमूल्य १४८ रूपैयाँ १६ पैसा र बिक्रीमूल्य १४८ रूपैयाँ ८१ पैसा तोकिएको छ ।   
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७७ रूपैयाँ ३६ पैसा र बिक्रीदर १७८ रूपैयाँ १४ कायम गरिएको छ । 

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रूपैयाँ ९१ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ ८५ पैसा र बिक्रीमा ९६ रूपैयाँ ९१ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १२ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १६ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३६ पैसा तथा बिक्री दर १८ रूपैयाँ ९४ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ३४ पैसा तथा बिक्री दर ९ रुपैयाँ ३८ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ५६ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ३७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार ३० रूपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रूपैयाँ कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रूपैयाँ र बहराइन दिनार एकको खरिददर ३६३ रूपैयाँ १७ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ७६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.