Connect with us

अन्तर्राष्ट्रिय

यो हो विश्वको सबैभन्दा महंगो याट, जसमा छ १ लाख किलो सुन र प्लेटिनियम

Published

on

विश्वको सबैभन्दा महँगो याटको नाम हिस्ट्री सुप्रिम हो । 

यसको मूल्य र यसमा उपलब्ध विलासी सुविधाहरूले यसलाई विश्वको सबैभन्दा महँगो याटको दर्जा दिन्छ। यो याट करिब ३.८ बिलियन पाउण्डको लागतमा निर्माण गरिएको हो ।

यस नौकाका सामानहरूले विलासिता र विशिष्टताको संयोजन झल्काउँछ। रिपोर्टका अनुसार यो याटका मालिक १०१ वर्षीय मलेसियाली व्यापारी रोबर्ट कुओक हुन्। यो याटमा करिब १ लाख किलोग्राम (९९ टन) सुन र प्लेटिनम रहेको छ।

यति मात्र होइन, यो याटको मास्टर सुइटको एउटा पर्खाल उल्का ढुङ्गाले बनेको छ र यसमा टि–रेक्स बोनबाट बनेको मूर्तिकला र १८ क्यारेट हिराले बनेको वाइन ग्लासजस्ता अन्य सुविधाहरू पनि छन्। यो विशाल याट बेलायती डिजाइनर स्टुअर्ट ह्युजले डिजाइन गरेका हुन् । यो १०० फिट लामो याट बनाउन ३ वर्ष लागेको थियो । यो याटको वेसेलको आधार वरिपरि वास्तविक सुनको तह लगाइएको छ।

यो भव्य याटसँग सम्बन्धित जानकारी सार्वजनिक भइसकेको भए पनि यो याटमा अरु के के सुबिधा छन भन्ने बारेमा अझै पनि धेरै जानकारी बाहिर ल्याइएको छैन र यो याटमा कति कोठा छन् भन्ने खुलासासमेत गरिएको छैन। तर, यसमा थ्रीडी स्क्रिनसहितको चलचित्र थिएटर र क्रिस्टल झूमरसहित खाने ठाउँ रहेको जानकारी आएको छ। यो पनि रिपोर्ट गरिएको छ कि याटको पानीमुनि भागमा हेलिप्याड, एक वाइन सेलर र झ्यालहरू पनि छन्।

‘हिस्ट्री सुप्रिम’ कथित रूपमा रबर्ट कुओकद्वारा सिर्जना गरिएको थियो। फोर्ब्सको सूची अनुसार कुओक विश्वको ९६औँ धनी व्यक्ति हुन् । उनी मलेसियाका सबैभन्दा धनी व्यक्ति हुन् र उनको कुल सम्पत्ति ९.३ अर्ब पाउण्ड रहेको मानिन्छ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.