Connect with us

अर्थ

वैदेशिक रोजगारमा पठाउछु भन्दै ठगी गर्ने तीन जना पक्राउ

Published

on

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा, अष्ट्रेलिया, दुवई, क्रोएसिया, जापान लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ४८ वर्षीय श्याम श्रेष्ठ, पर्सा ठोरी नगरपालिका-१ नयाँगाउँ घर भई काठमाडौं नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने ४० वर्षीया शोभा तामाङ र तनहुँ बन्दिपुर गाउँपालिका-७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-७ मनमैजु बस्ने ३९ वर्षीय अमृत माकिम थापा रहेका छन् । 

पक्राउ मध्ये श्यामले ३ जना पीडितबाट ६ लाख ५५ हजार रूपैयाँ, शोभाले ३ जना पीडितबाट ६ लाख १५ हजार रूपैयाँ र अमृतले १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले श्यामलाई काठमाडौं थानकोटबाट, शोभालाई काठमाडौं स्युचाटारबाट र अमृतलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.