खोटाङको हलेसीबाट भक्तपुरको जगाती अउँदै गरेको हाइलक्स गाडी सुनकोसी नदीमा खसेको छ। सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ कुडुलेमा उक्त हाइलक्स शनिबार अपरान्ह ५.३० बजे सुनकोसी नदीमा खसेको प्रहरी चौकी ग्वालाटार सिन्धुलीले जनाएको छ ।
हाइलक्समा ४ जना सवार थिए। चारमध्ये एक जनाले हामफालेर ज्यान जोगाएका छन्। तीन जना हाइलक्ससँगै बेपत्ता छन् ।
ग्वालाटार प्रहरीका अुनसार, घाइते र बेपत्ता सबै भक्तपुरको सुर्यविनायक नगरपालिका, जगातीका हुन् । ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन्। जसमध्ये ३७ वर्षिय घटुवा हाइलक्स चालक हुन् ।
२७ वर्षीय सुशान्त कक्षपतिले भने ज्यान जोगाएका छन्। अहिले उनको प्राथमिक उपचार खुर्कोट अस्पतालमा भइरहको र अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। बेपत्ता हाइलक्सको लोकेट भइसकेको र गोताखोर टोलीमार्फत उपकरण मिलाउने काम भइहेको प्रहरीको भनाइ छ ।