Connect with us

समसामयिक

तीन वटा संसदीय समितिका बैठक बस्दै, यस्ता छन् कार्यसूची

Published

on

संघीय संसदअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छन् । संघीय संसद सचिवालयका अनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ माथि दफावार छलफल हुँदै छ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सिमेन्ट लगायतका निर्माण सामग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल हुनेछ ।

दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको सम्बन्धमा प्राप्त सुझावहरूमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.