Connect with us

राजनीति

संसदका तीन वटा समितिको बैठक बस्दै

Published

on

संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ । संसद सचिवालय, सिहदरवार परिसरमा तीनैवटै समितिको बैठक बस्न लागेको हो ।

जसअनुसार  पूर्वाधार विकास समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ। जुन बैठकमा विद्युत विधेयक, २०८० माथि दफावार छलफल जारी रहने भएको छ ।

उता, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भने  चालु आर्थिक बर्ष ०८१।०८२ को बजेटको खर्चको स्थिति र अगामी आर्थिक वर्ष ०८२।०८३ को बजेटको तयारी सम्बन्धमा  छलफल हुनेछ । जुन बैठक बिहान १०ः०० बजेवाट सुरू हुने जनाइएकाे छ।

विधायन व्यवस्थापन समितिको बैठकमा भने पुरानै अजेन्डा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको छ। जुन बैठक बिहान ११ः०० बजे बाेलाइएकाे छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.