Connect with us

अन्तर्राष्ट्रिय

सुकीको रिहाईका लागि ३ बेलायती विदेश सचिवले गरे आग्रह

Published

on

बेलायतका तीन पूर्व विदेश सचिवले आङ सान सुकीको रिहाइको माग गरेका छन् । म्यानमारको क्रूर सैन्य तानाशाहद्वारा हाल थुनामा रहेकी सुकीलाई रिहा गर्न उनीहरूले आह्वान गरेका हुन्।

यसरी रिहाइको माग गर्नेमा विलियम हेग, सर माल्कम रिफकिन्ड र ज्याक स्ट्र रहेका छन । उनीहरूले अपदस्थ नेता सुकीलाई गैर जिम्मेवार आरोप लगाएर जेल हालिएको उनीहरूको भनाइ छ । उनीहरूका अनुसार सुकी आफ्नो देशलाई लोकतान्त्रिक रूपमा नेतृत्व गर्ने मौकाको हकदार रहेकी छिन ।

२७ वर्षको लामो नजरबन्द सजाय भोगेकी उनी सरकारको नेतृत्वमा फर्केकी थिइन । तर, त्यहाँ भएको अप्रत्याशित सैन्य कु पछि पुनः उनी झण्डै चार वर्षदेखि नजरबन्दमा छिन् ।

७९ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता सुकी माथी रोहिंग्या मुस्लिम अल्पसंख्यक माथि आफ्नो देशको चरम हिंसा गरेको आरोप रहेको छ । उनीहरूका बारेमा बोल्न अस्वीकार गरेपछि उनी बिबादित हुन पुगेकी थिइन ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.