भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा मर्निङवाक गरिरहेका ६० वर्षीय पशुपती श्रेष्ठलाई बाघले आक्रमण गरेको छ । बिहान पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने श्रेष्ठलाई एक्कासी बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
बाघको आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको मुख, हातमा चोट लागेको र अवस्था गम्भीर रहेको बताइएको छ ।