हिन्दू नेपालीहरुको दोसे ठूलो चाड तिहार सकिएको छ । लगत्तै छठ पर्व नजिएको छ । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड रुपैयाँ बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ । छठ खासगरी मधेस प्रदेशमा मनाइन्छ । यद्यपि पछिल्ला वर्षहरुमा यो पर्व काठमाडौंलगायत देशैभर मनाउन थालिएको छ ।
जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवका अनुसार छठ पर्वमा सिंगै केराको घरी नै भगवानलाई अर्घका रूपमा चढाउने परम्परा छ । त्यसैले यस पर्वमा मग उच्च हुने भएकाले स्थानीय उत्पादनले ्धान्दैन । हरेक वर्ष भारतबाट आयात गर्नुपर्ने बाध्यता छ ।
यादवले अघिल्लो वर्ष करिब चार करोडभन्दा बढीको केरा भित्र्याइएको बताए । यसवर्ष करिब पाँच करोड बराबरका ८५ ट्रक केरा भित्र्याइएको उनको भनाइ छ । जनकपुरधाममा गोपाल र वंशीभोग केरा भने नेपालकै सप्तरीस्थित भारदह, भान्टाबारी तथा इनरुवा क्षेत्रबाट भित्र्याइएको छ ।
मालभोग, मिरिचमान, चिनी चम्पा केरा चाहिँ भारतको आसाम, गोहाटी, बंगाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाइएको जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए।
छठ पर्वसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले केराको मूल्य बढेको पूर्वे बताउँछन् । भन्छन्, ‘छठ पर्व मनाउनेको सङ्ख्या वृद्धि भएकाले केराको माग पनि बढेको हो । बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष २५–३० ट्रक बढी केरा मगाइएको छ ।’
फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष यादवका भनाइमा १० चक्काको ट्रकमा एक हजार दुई सय घरी केरा एकै पटक आउँछ । जनकपुरसम्म ल्याउँदा प्रति ट्रक छ लाख रुपैयाँ तिर्नुपर्छ । बजारमा केराको एएटा घरीलाई रु पाँच सयदेखि एक हजारसम्म बिक्री गरिन्छ ।
नेपालमा केरा उत्पादनको प्रचुर सम्भावना भए पनि मागअनुसार उत्पादन हुन नसक्दा हरेक वर्ष भारतबाट आयत गर्नु परिरहेको अध्यक्ष यादवको भनाइ छ । देशभित्र उत्पादन हुने केरा भन्दा भारतबाट आउने केराको मूल्य सस्तो पर्ने गरेकाले पनि मधेसको भूगो्लमा भारतबाट केरा भित्रिने गरेको जानकारहरू बताउँछन् ।