Connect with us

अर्थ

आइएमई लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Published

on

आइएमई लाइफ इन्स्योरेन्सले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले बिहीबार फागुन १५ गते बुक क्लोज गर्ने भएको छ । भोलि बुधबार फागुन १४ गते महाशिवरात्रिको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । तसर्थ,आज मंगलबार फागुन १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

सभामा कम्पनीले सेयरधनीलाई २१.०५२६४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण प्रस्ताव पेश गर्नेछ । 

साथै, आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

आइएमई लाइफको फागुन २५ गते वार्षिक साधारण सभा बस्दैछ । सभा, दियो महल, धुम्बाराही काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.