नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ८३ पैसा र बिक्रीदर १४० रूपैयाँ ४३ पैसा कायम गरिएको छ ।
बिहिबार यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ९६ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ५८ पैसा तोकिएको छ । त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७३ रूपैयाँ ७८ पैसा र बिक्रीदर १७४ रूपैयाँ ५३ पैसा कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ६४ र बिक्रीदर ८८ रूपैयाँ ०१ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ४४ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८६ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १७ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ २१ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ १८ पैसा तथा बिक्री दर १९ रूपैयाँ २६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ ०७ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ २८ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २८ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०७ पैसा र बिक्रीदर ३८ रूपैयाँ २३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३१ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ६६ पैसा कायम गरेको छ ।
कुवेती दिनार एकको खरिददर ४५३ रूपैयाँ १२ पैसा र बिक्रीदर ४५५ रूपैयाँ ०६ पैसा र बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ ९० पैसा र बिक्रीदर ३७२ रूपैयाँ ४९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।