Connect with us

समसामयिक

खप्तड क्षेत्र घुम्न जानेको सुरक्षाका लागि डोटीमा पर्यटक प्रहरी चौकी स्थापित

Published

on

डोटीमा पहिलो पटक पर्यटक प्रहरी चौकी स्थापना गरिएको छ । खप्तड र आसपासका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकहरूको सुरक्षाको लागि यो प्रहरी चौकी स्थापना गरिएको हो । 

डोटीको दिपायल सिलगढी नगरपालिकामा सो अस्थायी पर्यटक प्रहरी चौकी रहने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाँजिसिंह खड्काले बताए ।

नगर प्रमुख खड्काले भने, ‘सुदूर पश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भ्रमण गर्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरूको सुरक्षाका लागि पर्यटक प्रहरी चौकी स्थापना भएको गरिएको हो ।’

प्रहरी सहायक निरीक्षक रमेश भट्टराईको कमान्डमा ७ जना प्रहरी उक्त चौकीमा रहेर पर्यटकको सेवा गर्नेछन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.