Connect with us

समसामयिक

६०४ किलो गाँजा बोकेको ट्रक र चालक प्रहरीको नियन्त्रणमा

Published

on

महोत्तरीबाट प्रहरीले ट्रकसहित ६०४ चार किलो गाँजा बरामद गरेको छ।

बिहीबार राति साढे १० बजे प्रहरीले भंगाहा नगरपालिका-६ मजरास्थित बर्दिवास-जलेश्वर सडकबाट ट्रकमा लोड गरिएको गाँजा बरामद गरेको हो।

प्रहरी निरीक्षक नन्दकिशोर चौहानका अनुसार बर्दिवासबाट जलेश्वर जाँदै गरेको प्रदेश २-०४-००१ख ००२१ नम्बरको ट्रकलाई शंका लागेर चेकजाँच गर्दा गाँजा फेला परेको हो।

ट्रकका चालक उदयपुर कटारी नगरपालिका१ का २३ वर्षीय गणेशबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ। बरामद गाँजा र चालकबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौहानले बताए।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.