काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखामा २० करोडभन्दा बढी रकम बरामद गरेको ट्रकका चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका(१, का ४३ वर्षीय कुसाङ लामा रहेको खुलेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार प्ररहीले ठूलो मात्रामा रकमसहित ना१ख १६५२ नम्बरको ट्रकका चाललाई नियन्त्रणमा लिइएको थियो । ट्रकबाट बरामद रकम गन्दा २० करोड भन्दा बढी रुपैयाँ पाइएको थियो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोत भन्छ, ‘रकम ठ्याक्कै यत्ति नै भनेर अहिले भन्न सकिन्न, गन्ती हुँदैछ । तर प्रारम्भिक अनुमानमा रकम २० करोडभन्दा माथि नै छ। रकम बरामद भएकोबारे जानकारी दिन कार्यालयले अहिले दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिदैछ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका(१ झोर क्षेत्रबाट ट्रकमा रहेको २० करोड रकमसहित चालक लामालाई गएराति पक्राउ गरेको थियो ।