Connect with us

अन्तर्राष्ट्रिय

ट्रम्प प्रशासनले एकाएक बन्द गरायो अमेरिकामा हजार बढी वेभसाइट

Published

on

अमेरिकामा सयौं अमेरिकी वेबसाइटहरू बन्द गरिएका छन्। यसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बन्द गरेको मानवीय एजेन्सी युएसआइडीसमेत समावेश रहेको छ।

साइबर सेक्युरिटी एण्ड इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सीले उपलब्ध गराएको झण्डै १४ सय संघीय साइटहरूको सूचीमध्ये ३५० भन्दा बढी साइट सोमबार दिउँसोसम्म डाउन गराइएको थियो । समाचार यसरी बन्द गरिएका वेभसाइटहरूमा रक्षा, वाणिज्य, ऊर्जा, यातायात, श्रम, साथै केन्द्रीय खुफिया एजेन्सी र सर्वोच्च अदालतका विभागहरूसँग सम्बन्धित साइटहरूसमेत रहेका छन ।

यसअघि, टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी र विश्वको सबैभन्दा धनी व्यक्ति एलन मस्कले सरकारको दक्षता विभाग अन्तर्गत ट्रम्पको संघीय लागत कटौती प्रयासहरूको नेतृत्व गरिरहेका छन्। सोमबार मात्र मस्कले लगभग १२० देशहरूमा राहत कार्यक्रम सञ्चालन गर्ने एजेन्सीलाई ‘अपराधी संगठन’ भन्दै यूएसएआईडी बन्द हुने बताएका थिए। नभन्दै, कर्मचारीहरूलाई सोमबार आफ्नो कार्यालयमा नजान इमेलमार्फत निर्देशन दिएपछि युएसएडको वेबसाइट अफ लाइन गरिएको थियो।

शीर्ष सार्वजनिक स्वास्थ्य एजेन्सीहरूसहित धेरै अमेरिकी सरकारी वेबसाइटहरू बन्द गरिदै गएका छन ।  गत हप्ता ट्रम्पको निर्देशन पछि एलजीबिटीक्युको सन्दर्भहरू पनि हटाइएको अमेरिकी मिडियाहरूले जनाएका छन । जसमा लैङ्गिक सम्वन्धी विचारधारालाई प्रवद्र्धन गर्ने सबै कर तिर्ने वित्तिय कार्यक्रमहरू बन्द गर्न निर्देशन दिइएको छ ।

ट्रम्प प्रशासनले सरकारी खर्च नियन्त्रण गर्न कदम चालिरहेको बेला सयौं अमेरिकी संघीय वेबसाइटहरू बन्द गरिए पछि अन्यौलता बढेको छ। एलन मस्कको नेतृत्वमा सरकारी दक्षता विभागले सरकारको लागत घटाउने दिशामा निरन्तर काम गरिरहेको छ। 

यस्तो अवस्थामा लागत नियन्त्रण उपायको एक भागको रूपमा धेरै वेबसाइटहरू बन्द गरिएको बुझिएको छ । ट्रम्प सरकारले डिपार्टमेन्ट अफ डाइभर्सिटी एण्ड इन्क्लुजन बन्द गर्ने आदेश पनि दिएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.