Connect with us

अन्तर्राष्ट्रिय

ट्रम्पले मस्कलाई दिए विशेष पदको जिम्मेवारी

Published

on

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै धनाढ्य एलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुखको जिम्मेवारी सुम्पिएका छन् । यो जिम्मेवारी मन्त्रिपरिषद् सदस्य चाहिँ होइन । मस्कले पाएको जिम्मेवारी अमेरिकी सरकारी खर्च कटौती उव्म दक्षता सुधारको सुझाव दिने हो ।

ट्रम्पलाई मस्कले राष्ट्रपतिको निर्वाचनमा दिलो ज्यानले सघाएका थिए । आगामी दिनमा मस्कले ट्रम्प नेतृत्वको सरकारी संयन्त्रलाई सक्दो प्रभावकारी बनाउन सघाउने छन् । मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) मा ट्रम्पले भारतीय मुलका विवेक राधास्वामीलाई समेत नियुक्त गरेका छन् ।

नियुक्तिबारे जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिमा ट्रम्पले एलन मस्कलाई ‘ग्रेट एलन मस्क’ र विवेक रामाश्वामीलाई ‘देशभक्त अमेरिकी’ उपमा दिएका छन् । अब मस्क र रामास्वामीले संघीय एजेन्सीहरू, कर्मचारीतन्त्र, अप्रासंगिक नियम–कानुनको पुनर्संरचनाका साथै सरकारमा हुने अनावश्यक खर्च कटौतीको प्रस्ताव गर्नेछन् ।

ट्रम्पले उनीहरुको जिम्मेवारीलाई ‘सेभ अमेरिका’का लागि आवश्यक भएको बताएका छन्।

Continue Reading
Click to comment

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.