Connect with us

अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्प टाइम म्यागेजिनको वर्ष व्यक्ति घोषित

Published

on

टाइम म्यागजिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २०२४ को वर्ष व्यक्तिको रूपमा चयन गरेको छ। 

सन् २०१६ पछि दोस्रो पटक ट्रम्प ‘पर्सन अफ द इयर’ चुनिएका हुन् । ‘टाइम पर्सन अफ द इयर’ को रूपमा जो कोही पनि छान्न सकिन्छ, यो आवश्यक छैन कि उसले राम्रो काम गरेको होस् ।

‘पर्सन अफ द इयर’ बनेपछि ट्रम्पले अब न्यूयोर्क स्टक एक्सचेन्जको ट्रेडिङ डेको ओपनिङ बेल बजाउने भएका छन् । यो कुनै पनि व्यक्तिको लागि ठूलो सम्मान मानिन्छ। यस वर्षको अवार्डको दौड ट्रम्प, कमला ह्यारिस, एलन मस्क, बेन्जामिन नेतान्याहु र वेल्सको राजकुमारी केट मिडलटन बीच भएको समाचार बाहिर आएको थियो ।

खासमा धेरैलाइ थाहा नहुन सक्छ, ट्रम्प र टाइम म्यागजिनको सम्बन्धमा उथलपुथल भइरहन्छ । ट्रम्पले धेरै पटक टाइम म्यागेजिनको आलोचना गरेका थिए र  छन्। पहिलो अर्थात सन २०१२ मा उनले टाइम पत्रिकाले १०० सबैभन्दा शक्तिशाली व्यक्तिहरूमा उनलाइ समावेश नगर्दा सबै विश्वसनीयता गुमाएको सार्बजनिक प्रतिक्रिया दिएका थिए ।

सन् २०१५ मा तत्कालीन जर्मन चान्सलर एन्जेला मर्केल पर्सन अफ द इयर बनेपछि ट्रम्पले ट्विटरमा लेखेका थिए, ‘अहिले उनीहरू (टाइम म्यागेजिन) ले जर्मनीलाई बर्बाद गर्ने व्यक्तिलाई चुनेका छन्।’

सन् २०१६ मा ‘पर्सन अफ द इयर’ बनेपछि ट्रम्पले यसलाई ठूलो सम्मान भनेर खुसी ब्यक्त गरेका थिए । तर अर्को वर्ष, ट्रम्पले भनिदिए, ‘ यदि म अन्तर्वार्ता र फोटोसुटका लागि राजी भएको भए २०१७ मा पनि यो उपाधि पाउने थिएँ ।’ तर, टाइम म्यागेजिनले भने  ट्रम्पको यो दाबीलाइ अस्वीकार गर्दै आएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.