Connect with us

अन्तर्राष्ट्रिय

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य विश्व सरह बनाउने

Published

on

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र विश्वबीच औषधिको मूल्य ‘समान’ गर्ने बताएका छन् ।

चीनसँग ‘ट्यारिफ पज’ को बारेमा बोल्नुको साथै ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउने र तिनीहरूलाई बाँकी विश्वसँग मिल्दोजुल्दो बनाउने योजनाहरू प्रस्तुत गरेका छन ।

बेलायत, युरोपियन युनियन र अन्य विकसित देशहरूमा उनीहरूका समकक्षीहरूको तुलनामा अमेरिकी बिरामीहरूले तिर्ने औषधिको मूल्यमा ठूलो भिन्नताको रहे पछि उनले अमेरिकामा पनि समान मुल्य बनाउने घोषणा गरेका हुन् । उनले भने, ‘अब हामी सबैले समान तिर्नेछौं हामी युरोपमा जति औषधी खर्चको मुल्य रहेको छ, अब हामी त्यति नै रकम तिर्ने ब्यवस्था मिलाउँछौं ।’

त्यसो त ट्रम्पले अमेरिकाले संसारकै सबैभन्दा कम मूल्य तिर्न लागेको दाबी पनि गरेका छन । ‘अब हामीले अर्को देशको तुलनामा १० गुणा बढी तिर्ने छैनौं, अब यो भन्दा सस्तोमा औषधी पाउने छौं ।’
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.