Connect with us

समसामयिक

त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा सोध्ने

Published

on

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी वर्षदेखि स्नातक तहका प्रश्नपत्रहरू नेपाली र अंग्रेजी दुवै भाषामा सोध्ने भएको छ । त्रिविले स्नातक तहअन्तर्गत सबै संकायमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र सोध्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्री विद्या भट्टराईले आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्यरूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय भएको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्, ‘त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको छ। उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा पनि लागू गर्ने निर्णय गरेको छ। हाललाई शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र तयार गरिनेछ ।’

त्रिविले यसअघि नै प्रश्नपत्र नेपाली र अंग्रेजीमा सोध्ने तयारी गरेको थियो । त्रिविको प्राज्ञिक परिषद् स्थायी समितिको २०८० चैत १५ गते बसेको बैठकले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा अनिवार्य लागू गर्ने निर्णय गरेको थियो । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.