Connect with us

अन्तर्राष्ट्रिय

अमेरिकामा अन्डाको हाहाकार, टर्कीले दिने भयो ७०० कन्टेनर अन्डा

Published

on

अमेरिका अहिले गम्भीर रूपमा अण्डाको संकटबाट गुज्रिरहेको छ । बर्ड फ्लुको प्रकोपका कारण लाखौं कुखुरा मरेका कारण अमेरिकामा अण्डाको मूल्य एक्कासी आकाशिएको छ । 

सुपरमार्केट अण्डा नभएर खरिदमा खाली भएका छन भने र रेस्टुरेन्ट मालिकहरूले उनीहरूको मेनु परिवर्तन गर्न बाध्य भइरहेका छन्।

यो संकटका बीच टर्कीले अमेरिकालाई १५ हजार टन अण्डा दिने निर्णय गरेको छ । टर्किको अण्डा उत्पादक केन्द्रीय संघका अध्यक्षले निर्यात प्रक्रिया सुरु भएको र जुलाईसम्म जारी रहने बताएको छ । दुई टर्की कम्पनीहरूले यो सम्पूर्ण आपूर्ति ह्यान्डल गर्नेछन्। उनीहरूका अनुसार जुलाइ सम्ममा कुल ७०० कन्टेनर अण्डा अमेरिका पठाइने भएको छ।

अमेरिकामा बर्ड फ्लुको प्रकोप सन् २०२२ देखि जारी छ र हालसम्म १६.२ करोडभन्दा बढी कुखुरा, टर्की र अन्य चराचुरुङ्गीहरू यसबाट प्रत्यक्ष प्रभावित भएका छन् । पछिल्लो समय अकस्मात बढ्दै गएको घटनाले अण्डाको अभाव झनै बढेको छ । युएस डिपार्टमेन्ट अफ एग्रीकल्चर (युएसडीए) ले यो रोग नियन्त्रण गर्न भ्याक्सिनको भण्डारण गरिरहेको छ तर यसको व्यापक प्रयोग भने अझै सुरु गरिसकेको छैन् ।

अण्डाको अभावलाई सम्बोधन गर्न अमेरिका टर्किजस्ता देशबाट अण्डा आयात गर्न बाध्य भएको छ । यस सम्झौताबाट टर्कीले लगभग २६ मिलियन डलर  कमाउने भएको छ। टर्की पहिले नै संसारमा शीर्ष १० अण्डा निर्यात गर्ने देशहरूमा पर्छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.