Connect with us

अर्थ

विद्युत प्राधिकरणको सञ्चालक समितिका दुई सदस्य हटाइयो

Published

on

उर्जामन्त्रालयले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका दुई सदस्यलाई हटाएको छ ।  मन्त्रिस्तरीय निर्णयबाट सञ्चालक समिति सदस्य भक्तबहादुर पुन र कपिल आचार्यलाई पदबाट हटाइएको हो । 

दुवैलाई यसअघि साउन १५ गते स्पष्टिकरण सोधिएको थियो । सो स्पष्टिकरणको जवाफ साउन १८ गते दुवैले बुझाएकोमा उर्जा मन्त्रालयले सोहि दिन नै दुवैलाई हटाएको थियो । 

पुन र आचार्य डेडिकेटेड फिडर र ट्रंकलाइन महशुल बक्यौताको विवादमा प्रवन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उभिएको बताइएको छ ।

विद्युतको बक्यौता उठाउने विषयमा सरकार र प्राधिकरणबीच विवाद चर्किएपछि अहिले यो विषय संसद्को सार्वजनिक लेखा समितिमा समेत पुगेको छ । लेखा समितिमा पुगेर समेत कुलमानले बक्यौता नतिरे उद्योगको लाइन काटिदिने आफ्नो अडान दोहोराएका थिए । 
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.